तीज बिशेषमा शिखर काफली समाज द्घारा शिखरकी चार चेलीलाई सम्मान

८ भाद्र २०८२, आईतवार
तीज बिशेषमा शिखर काफली समाज द्घारा शिखरकी चार चेलीलाई सम्मान

शिखर काफली सेवा समाज नेपाल धनगढीको आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गोदावरी नगरपालिकाको तेघरीमा सम्पन्न भएको छ । उक्त अवसरमा शिखर काफली समाज नेपालले सामाजिक,शैक्षिक एंव स्वास्थ्य चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका शिखरका चार जना चेलीहरुलाई सम्मान समेत गरेको छ ।

सहकारी एंव महिला शसक्तीकरणको क्षेत्रमा महत्पवूर्ण योगदान पुर्याए वाफत सुदूरपश्चिम बहुउद्धेश्य सहकारी संस्था लि. प्रमुख डा.रुपा जोशी,शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वाफत ऐश्वर्य बहुमुखी क्याम्पसकी उपप्रध्यापक डा.तुल्सी कुमारी शर्मा,स्वास्थ्य चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वाफत गेटा अस्पतालकी ईएनटी विशेषज्ञ डा.दिपा जोशी र सेती प्रादेशिक अस्पतालकी मेडिकल अफिसर डा.चाँदनी जोशीलाई सम्मान गरिएको हो ।

उहाँहरु चारै जनालाई कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम प्रदेशका निवर्तमान राज्यमन्त्री टेक वहादुर रैका ले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी एंव सुदूरपश्चिम प्रदेशका निवर्तमान राज्यमन्त्री टेक वहादुर रैका,विशिष्ट अतिथी गोदावरी नगरपालिका वडा नं २ का अध्यक्ष यज्ञराज महरा,कृष्णपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कैलाश बलायर,नेपाल राष्टिय शिक्षक संगठन प्रदेश सचिवालय सदस्य नरेन्द्रराज शर्मा,शिखर काफली सेवा समाज नेपालका सल्लाहकार संयोजक विष्णु वहादुर महरा,

कृष्ण आधारभूत विद्यालय तेघरीका प्रधानाध्यापक गजेन्द्र महरा,झलारी स्वास्थ्य चौकी प्रमुख पूर्णानन्द जोशी,न्यू समैजी महिला आमा समूहकी अध्यक्ष हरिना महरा,तेघरी सामुदायिक वन समितीकी अध्यक्ष कृष्णा महरा लगायतकाले तीजको पर्वको अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य समाजका तेघरी उपसमिती संयोजक वीर बहादुर महराले गर्नुभएको थियो । शिखर काफली सेवा समाजका नेपालका अध्यक्ष छत्र बहादुर महराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन समाजका सचिव राजेन्द्र रैका ले गर्नुभएको थियो ।

कार्यक्रममा तीजको अवसरमा महिलाहरुको विभिन्न समूहहरुले नृत्य,डेउडा एंव सास्कृतिक साहित्यीक प्रस्तुती गर्नुका साथै दर खुवाउने कार्यक्रम समेत गरिएको थियो । उक्त तीज विशेष कार्यक्रम गोदावरी नगरपालिका वडा नं २ को वडा कार्यालयको आर्थिक सहयोग र न्यू समैजी महिला आमा समूह तथा शिखर काफली सेवा समाज नेपाल तेघरी उपसमितीको संयोजन तथा व्यवस्थापनमा सम्पन्न भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio