धनगढी।
सुदुरपश्चिम प्रदेश स्तरीय गायन तथा नृत्य विधाको प्रतियोगिता एसईई आईडल ४ को फाईनलको तयारी पूरा भएको छ ।
असार १ गते धनगढीको ओम प्यालेसमा भव्य कार्यक्रम गर्दै फाईनल हुने आयोजकले जनाएको छ ।
नृत्यका उत्कृष्ट १७ र गायनका उत्कृष्ट गरि दुबै बिधाका उत्कृष्ट १६ जना गरि जम्मा ३३ जनाले फाईनलमा भिड्ने छन् ।
गत बर्ष साउन ३१ गते उद्घाटन भइ सुरु भएको एसईई आइडलको चौथो संस्करणका सुपका २२ ठाउँमा अडिसन आयोजना भएका थिए । गत सालको फाल्गुणसम्म भएका अडिसनबाट उत्कृष्ट ६७ जनले सेमिफाईनलमा स्थान बनाएका थिए । बैशाख २० गते सम्पन्न सेमिफाइनलबाट ३३ जनाले फाइनलमा ठाउँ बनाएका थिए ।
सुदुरपश्चिम भरीका बिभिन्न बिद्यालयका एसईई दिने बिद्यार्थीहरुको सहभागीता रहेको थियो । उनीहरुमा भएको कला र क्षमताको विकासमा थप टेवा पु¥याउने उद्येश्यले यो कार्यक्रम गरिदैं आईरहेको छ । फाईनलमा दुबै बिधाका गरी विजेताले ७५-७५ हजार र उप-विजेता ३०-३० हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफि मिल्ने छ ।
साथै उनीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्ती समेत उपलब्ध गराइनेछ । बिगत तीन सिजन सफताका साथ भईसकेका छन् ।चौथो सिजनको फाईनलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।