धनगढी । संविधान सभा सदस्य प्यारेलाल राना नेपाली काँग्रेस बाट पाटी परित्याग गर्नुभएकाे छ । वहाँले आज राजीनामा लेखेर समाजिक संजाल मार्फत नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति, प्रदेश कार्य समिति, नेपाली काँग्रेस क्षेत्र नं. ५, कैलाली र नेपाली काँग्रेस वडा नं. १७ वाड कार्यसमितिलाई सम्बोधन हुने गरी पत्र लेख्नु भएकाे छ। नेपाली काँग्रेस पाटी धनी व्यक्तिहरुको पाटी हाे त्यसमा लागेर आदीवासी जनजाती, थारुको उत्थान हुन सक्दैन त्यसैले मैले नेपाली काँग्रेस पाटीको सधारण सदस्य नरहने गरी पाटी परीत्याग गरेको छु । तर म राजनिति छोडदैन ततकालै अरु पाटीमा प्रवेश गर्ने कुरा मैले सोचेको छैन भनेर बताउनु भयाे ।