धनगढी । शैक्षिक गुणस्तर अभिबृद्घिका विभिन्न शैक्षिक एंव सामाजिक सचेतनामूलक अभियान तथा कार्यक्रमहरु संचालन गरी शिक्षाको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत कैलालीका सकृय सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका सम्मानित भएका छन् । सिद्धनाथ माध्यमिक बिद्यालयको ३४ अौँ बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा अधिकारकर्मी रैका सम्मानित भएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी एंव भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय,बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाही र बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष किसनदेव उपाध्यायले अधिकारकर्मी रैका लाई सम्मान गरेका थिए । अधिकारकर्मी रैका दुई दशक देखि गुणस्तरीय शिक्षा, मानवअधिकार,दलितअधिकार, सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक बिकासका क्षेत्रमा कृयाशिल रहदै अाएका छन् ।

कैलाली जिल्लामा रहि शैक्षिक ,सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन् अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालको अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समिति सदस्य र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव,बहुउद्देश्यीय बिकास समाज,दलित गैरसरकारी संस्था महासंघको सुदूरपश्चिम प्रदेश सहसचिव ,एम्नेस्टी ईन्टरनेशनल नेपालको को सेक्रेटरी पदमा रहि मानवअधिकार,दलित अधिकार, सामाजिक न्याय र शैक्षिक रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।