प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको तह्रौं अडिसन आज कंचनपुरको शुक्लाफाँटाको सिद्ध वैजनाथमा सम्पन्न भएको छ ।

उक्त अडिसनमा गायन तर्फ ५ र नृत्य तर्फ ३ जना विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रमका बारेमा बोल्दै विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक महेश प्रसाद अवश्थी नृत्य र गायन जीवनसँग जोडिएको यस्ता खाले प्रतियोगिता विद्यार्थी र विद्यालयका लागि आवश्यक भएको कुरामा जोड दिँदै यस्ता प्रतियोगिता नियमित रुपमा आवश्यक भएको बताए ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् ।

यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ७५-७५ हजार र रु. ३०-३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।