उमेश राना, काठमाडौँ

बिश्वबिद्धालय खुल्ला विद्यार्थी समूहको आयोजनामा पुस १३ गते त्रिभुवन विश्वविद्यालय (TU) को राजनीतिक विज्ञान विभागमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका मोडरेटर अनिल राना थिए भने प्रमुख वक्ताका रूपमा प्रा. डा. नन्द बहादुर सिंह (मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति) र डा. सुरेन्द्र भण्डारी (वरिष्ठ अधिवक्ता) ले आफ्नो विचार राखे।

प्रा. डा. नन्द बहादुर सिंहले युवाशक्तिले राष्ट्रलाई कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे। साथै, राष्ट्र विकासका लागि आफ्नो विकास मोडल पनि साझा गरे। युवाहरूसँग अन्तरक्रिया गर्दै उनले राष्ट्र निर्माणको यात्रामा नआतिन र दृढ संकल्पका साथ अघि बढ्न प्रेरित गरे।
कार्यक्रमका विशेष पाहुना भीम उपाध्याय (नेपाल सरकारका पूर्व सचिव) ले कुनै औपचारिक मन्तव्य नदिए पनि युवाहरूसँग अन्तरक्रिया गर्दै आफ्नो अनुभवहरू साझा गरे।
कार्यक्रमको अन्त्यमा TU का समाजशास्त्र चौथो सेमेस्टरका विद्यार्थी प्रीतम बस्नेतले प्रमुख वक्ताहरुलाई Token of Love हस्तान्तरण गरे।
कार्यक्रम शान्तिपूर्ण रूपमा सफलतापूर्वक सम्पन्न गरियो।






