नरेश राना/कञ्चनपुर, बैशाख २० । कञ्चनपुरको लालझाडी गाँउपालिकामा विद्यार्थी अभिभावक आन्दोलित भएका छन । कक्षा ८को ग्रेटबृद्धिको परीक्षा गराउन पालिकाले आनाकानी गरेको भन्दै विद्यार्थी अभिभावक आन्दोलित भएका हुन । गत शैक्षिक सत्र ०७९का पालिकाबाट कक्षा ८को परीक्षा गराईएको र केही विद्यार्थीको ग्रेटकम आएकाले पुन ग्रेटबृद्धिका लागि परीक्षाको माग गर्दै आएका थिए । तर, पालिकाले विद्यार्थी अभिभावको मागप्रति वेवास्ता गरेको भन्दै विद्यार्थी अभिभावक आन्दोलित भएका छन ।

बुधबार अभिभावक विद्यार्थीले गाँउपालिकामा डेलिगेशन दिएका छन । अभिभावकहरुले जसरी चुनावका बेला के छन, जनताका समस्या भन्दै घरदैलो चहार्ने नेताहरुले अहिले आफ्ना सन्तानको भविष्यमाथि खेलवार्ड गरिरहेको भन्दै बाध्य भएर पालिकामा आन्दोलन गर्न आएको बताएका छन ।
अभिभावक शुनिता रानाले ग्रेटबृद्धिको माग अघि सारेर पटक पटक विद्यालय, पालिकार्संग माग गर्दा समेत कुनै सुकुवाई नगरेकाले बाध्य भएर पालिकामा आएको बताए । ‘हामीले हाम्रो सन्तानको भविष्यका लागि पटक पटक पालिकासग अनुरोध गरेका थियौँ, ‘उनले भनिन, ‘तर हाम्रो मागको सम्बोधन छ छोडौँ माग समेत पुरा भएन् ।’
अर्का अभिभावक प्रमिला रानाले पानी परेकै दिनपनि छाता ओढेर पालिका सरकारको ध्यानाकर्षण गराउन आएको बताईन । ‘हामीले पटक पटक परीक्षा गराउन माग राखे तर, कहिकतैबाट सुनुवाई भएन, ‘उनले भने, ‘सुनुवाई नभएपछि बाध्य भएर पालिका पुगेको बताईन ।’ विद्यार्थीले समेत पालिकाले भविष्यमाथि खेलवार्ड गर्न चाहेको भन्दै परीक्षा नभए शसक्त आन्दोलनको चेतावनी दिएका छन । लालझाडी गाँउपालिका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले आईतबार कार्यपालिका बैठक बसेर यस विषयमा निर्णय लिईने बताए । उनका अनुसार पालिका भित्र कुल १६ सामुदायिक विद्यालय मध्ये १३ विद्यालयका विद्यार्थी कक्षा ८को परीक्षामा सहभागि भएका थिए ।






