एम.वि. राना, कञ्चनपुर ७ बैशाख २०८० ।
आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जोड दिई ।, सभ्य, समृद्घ र रुपान्तरित समाजको निर्माण गरौँ ।। भन्ने मुल नाराका साथ रानाथारु उत्थान समन्वय मञ्चले नव वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा वनभोज कार्यक्रमको आयोजना गरेको हो । बुधबारका दिन बेलौरी नपा ५ स्थित सोभा तालमा एक कार्यक्रमका विच रानाथारु उत्थान समन्वय मञ्चले सो कार्यक्रम गरी सम्पन्न गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष फुल्लन रानाको सभापतित्वमा भएको थियो भने कार्यक्रममा संविधान सभासदस्य पुरन रानाथारु प्रमुख अतिथि रहनु भएको थियो ।

वहाँले भन्नुभयो अहिले रानाथारुहरुमा एकताको खाँचो छ । आज हामी देखिरहेका छौ न प्रदेशमा , नप्रतिनिधिसभा हाम्रो प्रतिनिधित्व , अनि हाम्रो आवज सरकार समक्ष कसले लैजाने र कसले हाम्रो वकालत गरिदिने हो । यति मात्र होइन २०६९ जेठ १४ गते नेपाल सरकार र रानाथारु संर्घष समिति विच भएको वर्तामा ८ बुदे सहमति भएको थियो खैत ति माग र मुद्दालाई नेपाल सरकारले कार्यन्वयमा ल्याएको यस विषयमा हाम्रा संघसंस्थाहरुले के हेरेर बसेका छन, त्यसैले हामी भित्र छलफल र समन्वयको आवश्यता रहेको बताए संविधान सभासदस्य राना ।

कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह राना रहनु भएको थियो । वहाँले भन्नु भयो “भाषाआयोगले रानाथारु भाषालाई सुचिकृत गर्ने तर त्यसको लागि जनगणाको आवश्यक्ता पर्ने भएकोले केहि तत्वहरुले रानाथारुको भाषागत जनगणा रोक्ने प्रयतन भईरहेको जानकारी गरए ।”

अतिथिहरुमा पुर्नवास नगर पालिका वडा नं. १०का वडा अध्यक्ष सुकदेव राना, नेपाल रानाथारु समाज जिल्ला अध्यक्ष लालबहादुर राना, नेपाली काँग्रेस जिल्ला सभापति बन्धु राना लगायतले शुभकामना दिएका थिए ।
सोहि कार्यक्रममा रानाथारु उत्थान समन्वय मञ्चको गत आर्थिक वर्ष २०७९।०८० को रु १लाख २२ हजार ८ सय १६ बराबरको आयव्याय सचिब तिर्थराज रानाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अक्षयकोषमा जम्मा भएको रकमबाट विभिन्न छात्र तथा छात्राहरुलाई छात्रवृति प्रदान गरिएको थियो भने पुनर्वास ७ बस्ने स्व. बुवा भाडुराम राना, स्व आमा झर्रो राना र स्व भाई श्यामलाल रानाको सम्झनामा रानाथारु उत्थान मञ्चका उपाध्यक्ष बनबारी रानाले रु ५० हजार बराबरको दुई किस्ता गरी अक्षयकोषमा जम्मा भएको जानकारी सचिब तिर्थराज रानाले गरे ।

उक्त पिकनिक तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा पुनर्वास नगर पालिकाका १२ गाउँका भलमन्सा, समाजसेवी,बुद्घिजीहरुको उपस्थित थियो ।






