नरेश राना/कञ्चनपुर, बैशाख ०३ । यहि बैशाख १ गते देखि ७ गतेसम्म देशैभरी व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्न लागिएको हुदाँ जन्म,मृत्यु, बसाईसराई,विवाह र सम्बन्ध विच्छेद दर्ता जस्ता व्यक्तिगत घटना घटना घटेको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य दर्ता गरौँ र गराँउ।
विद्यालय भर्ना गर्न,सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहादानी बनाउन, नाबालक परिचयपत्र बनाउन, बैंकमा खाता खोल्न तथा सरकारले दिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाँऔ ।
व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो । नभुल्नुहोस् है, व्यक्तिगत घटना दर्ता सप्ताह यहि बैशाख १ गते देखि ७ गते सम्म देशै भरि । सबैले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र दर्ता गरौँ र गर्न लगाँउ जिम्मेवार नागरिकको परिचय दिउँ ।
स्थानीय पञ्जिकाधिकारी
दुर्गा प्रसाद ढुंगाना
लालझाडी गाउँपालिका
४ नं. वडा कार्यालय, डाङाजाई, कञ्चनपुर ।






