नरेश राना,कञ्चनपुर, २४ चैत । कञ्चनपुरको पुनर्वासमा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै संस्कृतिक कार्यक्रम सञ्चालन गर्ने हुने भएको छ। पुनर्वास नगरपालिका वडा नं ७ मा रहेको दिलबर समुदायले नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान का साथै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रम”आपन सबके एकय ईच्छा,बच्चनके देमए सहि शिक्षा” मूल नारा सहित हुन लागेको सो कार्यक्रम पुनर्वास नगरपालिका वडा नं ७, स्थित परासनको खेल मैदानमा आगामी बैशाख १ गते हुन लागेको दिलवर ग्रुप का एक सदस्यले बताए ।
कञ्चनपुरको दक्षिणी भेगमा “दिलबर ग्रुप ” अत्यधिक बाहुलियत रहेको राना थारु समाजको अशिक्षा,कुरीति, विकृति, विसंगति र अन्धविश्वास हटाउन लामो समयदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको रानाथारु युवाहरूको संगठन हो ।
यहि नयाँ बर्ष २०८० सालको पावन अवसरमा हुन गइरहेको साँस्कृतिक कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कन्दकला कस्ट्रक्सन प्रा.लि. रहेको छ । जसको प्रोपाईटर भिम राना हुनहुन्छ । कार्यक्रममा रानाथारु जातिको मौलिक गित, नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ।






