दिनेश राना, लालझाडी, २१ चैत ।

कञ्चनपुरको लालझाडी गाउपालिकाको आयोजनामा किटजन्य रोग नियन्त्रण तथा निवारणकालागि बहुनिकास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको बारेमा प्रमुख पशासकिय अधिकृत सिद्ध राज भट्टले जानकारी गराउनु भएको थियो भने कार्यक्रममा वडा नं.१,२,३,४,५,६ का वडा अध्यक्षहरुको उपस्थित रहेको थियो । कार्यक्रम लालझाडी गाउपालिका स्स्वथ्य शाखाका जन स्वास्थ्य निरिक्षक खगेन्द्र चौधरीले संचालन गरेका थिए ।