नरेश राना /कञ्चनपुर, चैत्र २० । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज भव्यताका साथ सहकारी दिवस मनाएको छ।

लालझाडी गाउँपालिका को आर्थिक सहयोगमा लालझाडी सहकारी समन्वय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहकारी समन्वय समितिका अध्यक्ष नरेश रानाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अथिति वार्ड नं २ का वार्ड अध्यक्ष आशाराम राना रहनु भएको थियो भने अतिथि लालझाडी सहकारी शाखा प्रमुख तिलक खत्री रहनु भएको थियो । सो कार्यक्रमलाई स्वागत मन्तव्य समन्वय समितिका सदस्य तथा दोदा कृषि सहकारी संस्था लिकी अध्यक्ष गोमती रानाले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले यस पालिकामा रहेको सहकारी संस्था लिलाई हुने समस्यमा पहिले देखि नै बुझाइरहेका छौं । त्यसैले आउँदा दिनमा सहकारी संस्थालाई कसरी अगाडि बढाउने भनी मा बाट हुने र पालिकाबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। कार्यक्रममा लालझाडीमा रहेका सहकारीकर्मीको सहभागी रहेको थियो कार्यक्रम लाई समन्वय समितिका सचिव आशाराम चौधरीले सञ्चालन गर्नु भएको थियो।