कञ्चनपुर, १६ चैत । कञ्चनपुरको कृष्णपुरबाट अवैध काठ सहित १ जना पक्राउ परेका छन । कृष्णपुर नगरपालिका – ४ बाट अवैध काठ सहित किचाहीका राममिलन राना काठसहित पक्राउ परेका हुन ।
उनको घरबाट लुकाइएको १६ दशमलव ३३ क्यूफिट अवैध काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय बाणीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त टोलिने उनलाई पक्राउ गरेको थियो ।






