धनगढी,१४ चैत । मंगलबार सम्पन्न राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिसेक नाथ (लोक) उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा संजय चापागाई र आयुश ओली सर्वसम्मत चयन भएका छन् ।

बर्तमान अध्यक्ष नाथ यसअघि युवा संघको नगर संयोजक समेत हुन् । अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य समेत सर्वसम्मत चयन गरेको छ । १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ । पदाधिकारी तथा सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
उपमहानगरपालिकाभित्र अप्ठ्यारो पर्दा युवा संघ जहिले पनि अगाडि बढ्ने पनि उनले बताए ।






