जानकी,१४ चैत । राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँ कमिटिको दोस्रो अधिबेशन भएको छ । अधिबेशनले प्रेमराज भाटको अध्यक्षतामा ३६ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा नरबहादुर साउँद, मोहन साउँद, सचिवमा निराजन उपाध्याय, कोषाधयक्षमा लिला चौधरी, सहसचिवमा धिरेन्द्र रावल, विकाश शाही रहनु भएको छ । 
राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँ कमिटि अध्यक्ष जम्मानसिंह साउँदको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य जनक खड्का  प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि खड्काले अधिबेशनलाई सम्बोधन गर्दै युवाहरु सक्रिय भएर काम गर्नु पर्ने बताउनु भयो । उहाँले पार्टीलाई बलियो बनाउनमा युवाको अहम भूमिका रहने भएकाले सोही अनुसार गतिविधि संचालन निर्देशन पनि दिनु भयो । 
कार्यक्रममा जिल्ला कमिटि सचिवयालय सदस्य तीर्थराज उपाध्याय, जिल्ला सदस्य खरप्रसाद अधिकारी, प्रकाश खड्का  लगायतले मन्तव्य राखनु भएको थियो । प्रेम भाटले स्वागत गर्नु भएको कार्यक्रम संचालन सागर परियारले गर्नु भएको थियो ।