नरेश राना /कञ्चनपुर, चैत्र ११ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा लघुवित्त सामुदायीक वित्तीय संस्थाले लालझाडीमा युवा लक्षित वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । नेपालमा १९ जिल्लामा ३९ वटा शाखा रहेको कार्यलय मार्फत कारोबार गर्दै आइरहेको लघुवित्त वित्तीय संस्था ११ संस्करण अन्तर्गत लालझाडी गाउँपालिका वार्ड नं २ मा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले तालिम सम्पन्न गरेको हो ।
शिप, बचत गर, कमाऊ नाराका साथ मनाएको कार्यक्रममा लालझाडी गाउँपालिका वार्ड नं २ को भानु मा.वि.को कक्षा ११का बिधार्थीलाई सरक्षता वित्तीय विषयमा तालिम दिएको थियो। संस्थाका शाखा प्रमुख विनोद सिंह भाट तालिम दिएको थियो। जनउत्थानले वित्तीय कामका अतिरिक्त सदस्यलक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

जन उत्थान लघुवित्त सामुदायीक वित्तीय संस्था लालझाडीमा सबभन्दा पुरानो रहेकोले यस संस्थाले यहाँका सदस्य समूहहरुलाई सामाजिक क्रियाकलाप मार्फत उपभोक्तालाई सक्रिय बढाउने कार्य गर्दै आइरहेको यस लालझाडीका सदस्यहरुले जानकारी गराएका छन्।






