नरेश राना/कञ्चनपुर, ०९ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीका एक पत्रकार सम्मानित भएका छन । बेलौरी रेडियोका स्टेशन म्यानेजर हिक्मत शाही सम्मानि भएका हुन । किसान बहुउदेश्यीय सहकारी संस्था शाखा कार्यालय बेलौरीले शाहीलाई सम्मान गरेको छ ।

लामो समय देखि रेडियो बेलौरीमा कार्यरत संचारकर्मी शाही सहकारी संस्थाको केन्द्र गोष्ठी २०७९ कार्यक्रमका दिन सम्मानित भएको सहकारीले जनाएको छ । शाहीले रेडियो पत्रकारीताबाट सहकारीको हकहितमा बुलन्द आवाज उठाउदै आम नागरिक र किसालाई सूसुचित गरेको भन्दै सम्मानित गरेको जनाइएको छ ।

सम्मानित हुने पत्रकार शाहीले आफुलाई अमुल्य सम्मान र मायाको चिनो प्रदान गरेकोमा संस्था प्रति आभार प्रकट गर्दै यसले काम गर्न थप हौसला प्रदान भएको बताए ।