नरेश राना/कञ्चनपुर, ०७ चैत ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ देखतभुलीमा चट्याङ मा परी १ गोरुको घटनास्थलमा मृत्यु भएको वार्ड सदस्य लवदेव रानाले जानकारी दिनु भएको छ।
राती करिब ४:५० बजेको समयमा चट्याङले सुम्ना रानाको छोरा अमर सिंह रानाको गोठमा बाँधेको गोरु माथि चट्याङ पर्दा ठाउँको ठाउँमा मृत्यु भएको र मानव क्षति नभएको रानाले जनाएको छ ।