धनगढी,२५ फागुन । शिवनगर खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुन: राजेश खाती निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा खाती निर्बिरोध निर्वाचित भएका हुन् । खाती संगै पदाधिकारीमापनि पुरानै टिम निर्बिरोध निर्वाचित भएको छ । खानेपानी उपभोक्ता समितिको उपाध्यक्षमा दामोदर शाहु, सचिवमा मोहन ओझा, कोषाध्यक्षमा प्रेम बहादूर सिहं निर्बिरोध निर्वाचित भएका छन् ।पदाधीकारी संगै ९ जना सदस्यपनि निर्बिरोध निर्वाचित भएका हुन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण २७ गते शनिबार राखिएको छ । बर्तमान पदाधिकारीले गरेको कामलाई सम्मान गर्दै पुन एक कार्यकालका लागी जिम्मेवारी दिइएको उपभोक्ताहरुले बताएका छन् ।