नरेश राना/कञ्चनपुर, फागुन २५ । कञ्चनपुरको लालझाडी गाउँपालीकामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। लालझाडी गाउँपालिकाको आयोजनामा निडस संस्थाको आर्थिक सहयोगमा सो दिवश लालझाडी गाउँपालिका वार्ड नं ४ को बैजनाथ नि. मा.वि. सिकल्पटी जाईको प्राङ्गणमा वार्ड अध्यक्ष बहादुर राना को अध्यक्षतामा प्रमुख अतिथि लालझाडी गाउँपालिका का उपा अध्यक्ष सपना चौधरी रानाले हामी महिलाहरु घरको चुलो बाहेक केही गर्न नसकेर अब हामी पनि पुरुष जस्तै घर भित्र घर बाहिरको काम गर्न सकिन्छन्।

अहिले हेर्दा खेरी महिलाको नै अधिकार बढी छ त्यसैले हामी महिला एक जुट भएर हामीले पुरुषको काम महिले पनि गर्न सक्छौं भनेर महिला हरु लाई जोश जाँगर प्रदान गरेकी थिइन्।सो कार्यक्रममा महिला हरुको लाईगिक समानताको बलियो आधार
सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार यो शृषककमा वक्तृत्वकला प्रतियोगितामा निडस नेपालले सहभागी बहिनीहरुलाई डिशनरी डायरी र डटपेन उपलब्ध गरी नारी दिवशलाई भव्तापूर्वक मनाएका थिए । त्यस्तै लालझाडी गाउँपालिकामा सम्पूर्ण वार्ड मा वार्डका दिदी बहिनीहरुले आ आफनो तरिकाले नारी दिवश मनाईएक उपाध्यक्ष रानाले बताउनु भएको थियो।