नरेश राना/कञ्चनपुर, २० फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकाको खुल्ला मञ्चमा पहिलो होली मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। सुरेश कुमार बडाएकको अध्यक्षतामा भएको होरि मिलन कार्यक्रममा प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री बिना मगर रहनु भएको थियो। कार्यक्रममा नगरपालिका का सम्पूर्ण वार्ड बाट राना थारु को होरीको नाचबाट नै होरी मिलन कार्यक्रम सम्पन्न भएको थियो।
हाेली पर्व रङ्गकाे पर्व मात्र नभएर राना थारु समुदायकाे पहिचान र ईतिहास बाेकेकाे पर्व समेत रहेको पुर्व मन्त्री बिना मगरले बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादीकि केन्द्रिय सदस्य समेत रहेकी पुर्व मन्त्री मगरले हाेलीले एक आपसमा अपनत्व, मिलन र सुमधुरता ल्याउने पर्व रहेको बताउदै यसले समाजमा विभेद रहित समाज बनाउन सहयाेग पुग्ने पुर्वमन्त्री बिना मगरले बताउनु भयाे ।पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसाेबास रहेकाे रानाथारु समुदायले हाेली पर्व विषेश महत्वका साथ मनाउने गर्छन ।कार्यक्रममा रानाथारु समुदायकाे हाेलीमा नाचिने डंका नाच तथा झाँकी प्रदर्शन गरिएको थियाे । राना थारु समुदायकाे नयाँ पुस्ताले हाेली पर्व मनाउने परम्परा बिर्सिदै गएकोमा दुख ब्यक्त गर्दै यसलाई अनुसरण गर्न रानाथारु अगुवाहरुले अनुराेध गरेका छन । विगतमा एक महिना सम्म नाचिने डंका नाच अर्थात हाेरी नाच आजभाेलि दुई चार दिनमा मात्र सिमित भएको छ ।








