नरेश राना/कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट संचालन भएको छ । बेलडाँडी गाँउपालिका-५ ईमलिया हुँदै निकुञ्जमा पर्यटक प्रवेसका लागि  रुट संचालन भएको हो ।

संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरेको छ । बुधबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले एक कार्यक्रमका विच सो पर्यटक प्रवेशद्वारको उद्घाटन गरेका छन ।

प्रवेशद्वारकाे उद्घाटन गर्दै मुख्यमन्त्री शाहले दक्षिणी भएर निकुञ्ज प्रवेसका लागि सहज हुने बताए । विकास र सम्बृद्धिको आधार पर्यटन मानेको बताउँदै मुख्यन्त्री शाहले प्रदेश सरकारले सो रूट संचालनका लागि आवश्यक पूर्वाधार स्तर बृद्धि गर्ने बताए । सुप प्रदेशका पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेरगरेका छन ।

मुख्यमन्त्री शाहले निजी क्षेत्र सरकारसंगसंगै अघि बढ्नुपर्नेमा जोडदिए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि ट्याक खोल्नेदेखि चौधर नदीमा पुल निर्माण गरिएको बताए । गाँउप्रमुख रानाले बेलडाँडी गाँउपालिका ५ ईमलिया चौधर नदीमा काठको पुल निर्माण गरिएको र हालसम्म झण्डै डेढ किलोमिटर ट्याक खोलिएको बताए ।

पर्यटक साे क्षेत्रदेखि जाने-आउने भएपछि बेलडाँडी गाउँपालिकाकाे समेत आन्तरिक आय र पर्यटन प्रबर्द्वनमा टेवा पुग्ने देखिन्छ ।