नरेश राना/कञ्चनपुर, ०९ फागुन। अवैध लागूऔषध चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झलारीको टोलीले कृष्णपुर नगरपालिका–२ बंक घर भएर सोहि स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्ने नरेन्द्र बहादुर चन्दलाई चरेशसहित पक्राउ गरेको हो।
शंका लागि उनको रेष्टुरेन्टमा चेकजाँज गर्दा ९४ दशमलव ४० ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ।






