नरेश राना/कञ्चनपुर,२०माघ । “संस्कृति बचामय कुरीति हटामय निर्झल समाज बनामय ” राज्यमें सृद्ध् अधिकार सुनिश्चि करामय, मूल नारा के सँगै नेपाल राना थारु समाज कञ्चनपुर को आयोजना मा भीमदत्त नगरपालिका को सभा हल मा सम्पन्न भएको थियो।
कार्यक्रममा सभापति नेपाल राना थारु समाज की जिल्ला अध्यक्ष प्रेम बती राना रहनु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल राना थारु समाज का केन्दीय अध्यक्ष कृपाराम राना रहनु भएको थियो त्यसै गरी कार्यक्रम मा विशिष्ट अतिथिमा विश्वविद्यालयका प्रमुख डा,मुकुन्द कालौनी भीमदत्त नगरपालिका का कार्यबाहक मेयर निलम लेखक जिल्ला समन्वय समितिका उपाअध्यक्ष रामकुमारी राना,पुनर्वास नगरपालिका का उपामेयर भूलिया कुमारी राना,
कृष्णपुर नगरपालिका का उपमेयर द्रोपती राना रहनु भएको थियो।भने सूचीकृत दिवस मा स्वागत मन्तब्य नेपाल राना थारु जिल्ला समिति का सदस्य मनोहर राना ले स्वागत मन्तव्य राख्नु भएको थियो।कार्यक्रम मा खुशी र उल्लहस सँगै सो दिवस भव्तापूर्वक राना थारु को दिदी बहिनी आफ्नो ड्रेस मा मनाउनु भएको थियो ।
कार्यक्रम मा राना थारु का अग्रज हरुले राना थारु को आफ्नो राना को पहिचान आफ्नो रीतिरिवाज को बारेमा र आफ्नो अधिकार को बारेमा मन्तव्य राखेका थिए।कार्यक्रम मा गायिका सीता राना ले विभिन्न तिहार को साँस्कृतिक राना गीत बाट मनोरञ्जन गराई र कार्यक्रम मा राना होली खेलेर सूचीकृत दिवस कञ्चनपुर जिल्ला का राना थारु ले हाँसीखुसी उल्लहश साथ मनाएका थिए।कार्यक्रम मा प्रमुख अथिति समाज लाई मूलधार मा लैजान को लागि संघर्ष गर्नु जरुरी छ।
आज सूचीकृत दिवस कञ्चनपुर र कैलाली जिल्लामा उल्लहा का साथ मनाएरहेका छन् । साथै आज सांझ कञ्चनपुर र कैलाली मा विभिन्न गाउँ मा दिपप्रजलन गरी तेस्रो रानाथारु सूचीकृत पहिचान दिवस मनाउने कञ्चनपुर का अध्यक्ष प्रेम बति ले राना ले जानकारी दिनु भएको हो।कार्यक्रम सञ्चालन नेपाल राना थारु समाजका पूर्व केन्द्रीय उपा अध्यक्ष ज्ञानेन्द्र राना गर्नु भएको थियो। ।








