नरेश राना/कञ्चनपुर, ०६ माघ ।
पुनर्वासमा पत्रकार समूह र पुनर्वास नगरपालिका कर्मचारी बिच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी भएको छ । पुनर्वास ३ स्थित रामबस्तीको खेलमैदानमा सो खेलको आयोजना गरिएको थियोे । प्रतियोगितामा कञ्चनपुरको दक्षिणी क्षेत्रका पत्रकार समूह र पुनर्वास नगरपालिकाका कर्मचारीहरुको सहभागीता थियोे ।
प्रतियोगितामा ३-४ गोलले नगरपालिका टिम विजयी भएको हो । खेल निकै रोमाञ्चक भएको थियो । खेल अवधिभर बराबरीको अवस्थामा रहेपनी अन्तिम अवस्थामा नगरपालिका टिमले एक गोल हान्न सफल भएपछि नगरपालिका टिम विजयी भएको हो ।
आजको यस मैत्रीपुर्ण फूटबल प्रतियोगितालाई पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले उदघाटन गर्नुभएको थियोे । उदघाटन पश्चात् मन्तव्य राख्दै प्रमुख शर्माले पुनर्वास नगरपालिका र पत्रकारबिच फूटबल खेलमा झै प्रतियोगिता र मैत्रीपुर्ण सम्बन्ध सदा रहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।






