नरेश राना/कञ्चनपुर, ४ माघ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नं २ को खुल्ला मञ्चमा वार्ड स्तरीय तेसर माघी विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई वार्ड नं २ को भलमन्सा समाजको आयोजनामा कृष्णपुर नगरपालिका वार्ड नं २ को आर्थिक सहयोगले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सभापति भलमन्सा धन बहादुर चौधरी रहनु भएको थियो भने प्रमुख अतिथि सुदूपश्चिम प्रदेश सभा माननीय ओमविक्रम भाट (सरल) रहनु भएको थियो यसैगरी विशिष्ट अतिथि सुदूपश्चिम प्रदेश सभा माननीय गीता चौधरी तेसै अतिथिमा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, उपमेयर द्रोपती राना, वार्ड २ का वार्ड अध्यक्ष अर्जुन सिंह साउद लगायत गाउँ का बुद्धिजिवीहरुको उपस्थिति मा माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायको कला, संस्कृति र पहिचान प्रबंधनमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा स्थानिय राना, थारु समुदायका संस्कृतिक झल्कने किसिमका प्रस्तुतिक साथै राष्टिय गायक मनिराम चौधरी, मोडेल बिजया चौधरी, मोडेल सिया चौधरी, हास्यकलाकार फत्ते फतेला सत्यनारायन थारुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा विभिन्न थरीका थारु परिकार पाहुनालाई भोजन गराई स्वागत गरेका थिए। कार्यक्रमलाई वाणी का व्यापारी, कर्मचारी, तथा विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरी कार्यक्रम सञ्चालन गर्न सहजीकरण गर्नु भएको थियो। सो सहयोग करतालाई प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो।











