नरेश राना/कंचनपुर,२७ पुष । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं १ मा रहेको नवरंगी महिला कृषि विकास सहकारीको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। नव रंगी महिला विकास कृषि सहकारी संस्थाका अध्यक्ष देवकुमारी रानाको अध्यक्षतामा सो सभा सम्पन्न भएको हो। साधारण सभामा प्रमुख अथिति लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अथितिमा लालझाडी गाउँपालिका वार्ड नं १ का वार्ड अध्यक्ष प्यारेलाल राना रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी सदस्य रम्भक्तिन रानाले सम्पूर्ण उपस्थितिलाई स्वगत गरेका थिए भने आय ब्या प्रस्तुत सहकारीको व्यवस्थापक श्यामबेटीले ४६ लाख ६७ हजार ९६६ बराबरको प्रस्तुत गरेका थिए।

संस्थाले विभिन्न बचत कर्तालाई सम्मान गरेका थिए। बल बचत, किशोरी बचत, असल ऋणी बचत, नियमित ऋणी बचतलाई प्रमाण पत्र तथा दोसाल्ला उडाएर सम्मान गरिएको थियो । संस्थामा विभिन्न सहकारीका सेयर सदस्य तथा कर्मचारीको उपस्थिति थियो।