नरेश राना/कञ्चनपुर, २२ पुष। कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं १ मा रहेको मञ्जरी कृषि सहकारी संस्थाको अध्यक्ष जानमती रानाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

सहकारी संस्थामा प्रमुख अतिथि प्रदेश सभा सदस्य वीर बहादुर थापा (पातल) रहनु भएको थियो भने विशिष्ठ अतिथि लालझाडी गाउँपालिकाको अध्यक्ष निर्मल राना रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव फुलकुमारी रानाले पाहुनाहरुलाई स्वागत गर्दै साधारण सभाको वार्षिक आय व्या संस्थाकी व्यवस्थापक रामकली रानाले आ.वर्ष २०७८/७९मा १करोड ४४ लाख ८८ हजार ९५९ बराबर प्रस्तुत गर्नु भएको थियो।प्रमुख अतिथि थापाले हामीले गर्ने प्रदेश बाट सहयोग जुन सहकारी संस्थाले जग्गा खरिद गरिसकेकालाई भवनको लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको हो।

साधारण सभामा सहकारीका शेयर सदस्यहरुको उपस्थिति थियो भने कार्यक्रमलाई चन्द्र कुँवरले सञ्चालन गर्नु भएको थियो ।