दिनेश राना/धनगढी,९ पुस । नवज्याेती कृषि सहकारी संस्थाकाे १४ औं सधारण सभा शानिबार सम्पन भएकाे छ। संस्थाका अध्यक्ष सिता राम रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी निवर्तमान प्रदेश सदस्य मालमती राना रहेकाे थिए। कार्यक्रममा सम्बाेधन गदै भने नवज्याेती सहकारी संस्था लिमिटेड छाेटाे समयमा ठुलाे फन्काे मरेकाे छ। समयमै दिगाे रूपमा अगाडि बढाएकाे छ। नवज्याेती कृषि सहकारीलाइ यहाका धनगढी वडा नं. ७का स्थानिय समुदायका व्यक्तिहरूले संचालनमा लएकाे हुन । यसकाे संचालन र व्यावस्थापन अहिले पनि उनीहरू नै गरिरहेका छन । याे सहकारीले सधारणा किसानहरूलाइ आवश्यक परेका ऋण सहयाेग गर्दै आइरहेकाे छ बताइन राना ।

उक्त कार्यक्रमका विशिष्ट अतिथी वडा नं.७ का वडा अध्याक्ष माेती रानाले भने धनगढी उप महानगरपलिका वडा नं. ७ मा अरू सहकारी भएता पनि यी दुइ ओटा सहकारी नवज्याेती र दाइजाे सहकारी संस्था लि. ले प्रगती गरदै आइरहेकाे बताए। यसतै कार्यक्रमका अतिथी सविधान सभा सदस्य तथा यस सहकारीका सल्लहकार मननिय प्यारे लाल राना,

जिल्ला सहकारी संस्था संघका अध्यक्ष फणी राज सपकाेटा, धनगढी उप-महानगरपलिका वडा नं १७ का वडाध्यक्ष माधव राज राना, देवहरिया समुदाय वन उपभाेक्ता समुहका अध्यक्ष शारदा प्रसाद राना, पुर्व वडा नं. ७ कि वडा सदस्य यमुना जाेशी, लेखा समितीका संयाेजक भिम पाडल, वडा नं. ७ का वडा सदस्य बसु राना, देवहरिया गाँवका भलामन्सा जगत नाथ राना, समाजसेवी, बुद्धीजीवी, शेयर सदस्य लगयतकाे उपस्थिती थियाे ।

कार्यक्रम सस्थाक व्यावस्थापक उग्रसेन रानाले आ.ब २०७८/७९काे १३ कराेड ४९ लाख १० हजार ९ सय २९ रूपैया ६३ बराबरकाे अाम्दानी खर्च विवरण प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष मेघनाथ रानाले गरेका थिए भने कार्यक्रम संचालन सचिव भिरा रानाले गरेका थिए ।
संस्थाले वर्ष भरिमा कार्यकाे मुल्यङ्कनकाे अधारमा शेयर सदस्यहरूलाइ प्रमाण पत्र सहित सम्मान गर्ने गर्दछ ।






