कैलाली १४ सावन २०७९ । सुन्दर सुदूरपश्चिम कैलाली र कञ्चनपुर बसोवास गर्ने राना थारु समुदायको परम्परागत ‘तीज’ पर्वको रौनक छ । राना थारु बस्तीमा डोला हालिएका छन् । परम्परागत पोशाकमा सजिएका कैलारी गाउपालिका ९ गदरेहा गांव स्थित रानाथारू समुदायका महिला पिङ खेल्दै शनिबार साउनको परम्परागत गीत गुनगुनाउनु भएका छन् ।विवाहित छोरीचेली माइती फर्किएका छन् । राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ ।

करिब १५ दिनसम्म तीज मनाउने यो समुदायमा चौकचौक,खाली प्राङ्गणमा,आँगनमा पिङ गाडेको दिनबाट पिङमा गित गाउन सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई ( डोला ) भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् । पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर डोरी बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकारहरु ले बताउछन ।
कैलारी गाउपालिकाकाे वडा नम्बर ९ मा मात्र राना थारुहरूको बाक्लो बस्ती छ । रानाथारु अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा सम्पन्न छन् । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ ।

राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइ, भतिजाको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा ।’संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ,’ कैलारी ९ कि लक्ष्मी रानाले भनिन् ।

श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् ।
पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् । ‘विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका उन्नति र दीर्घायुको कामना गर्छन्,’ सोहि गाउँकी हिरा रानाले भन्छिन्, ‘दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् ।

कञ्चनपुर र कैलालीमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको नेपाल रानाथारु समाजका अजिवन सदस्य कमल राना ।

कार्यक्रम बेलडँगा सामुदायक वन उपभोक्त समुहका अध्यक्ष धन बहादुर रानाको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि कैलारी गाउपालिकाकी उपध्यक्ष भगवती कुमारी चौधरी रहनु भएको थियो । हरेक जाती सामुदायका व्यक्तिहरुले आआप्नो भाषा संस्कृतिको संरक्षण तथा सम्बद्धन गनुपर्दछ बताइन उपाध्यक्ष चौधरी, सामनको डोला तथा तिज पर्व रानाथारुहरुको विशेष पर्व यसरी मनाएको कैलारी गाउपालिकामा पहिलो पटक हो यस्ता लोपहुन लागेको संस्कृतको जगेर्ना गर्दै नयाँ पुस्तलाई हस्तान्तरण गर्नु पर्दछ बताइन उपाध्यक्ष चौधरी ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर चौधरी, वडा नम्बर ५ का वडा सदस्य अनारकली चौधरी वडा नम्बर ३ का वडा सदस्य सकुन्तला चौधरी भलमन्सा भोजराज राना समाजसेवी बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेकोे कार्यक्रमक स्वागत मन्तव्य संस्थाका सल्लहकार सदस्य रामचन्द्र राना संचालक लक्ष्मी रानाले गरेकी थिइन भने ।