पुजा राना /पुनर्वास ७ सावन २०७९ ।
कञ्चनपुरको पुनर्वास नगर पालिकामा सावन १५ गते हुने तिज पर्वको अवसरमा नवनिर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

रानाथारु उत्थान समन्वय मञ्च पुनर्वासको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष फुल्लन रानाको अध्यक्षतामा सम्पन्न भएको भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगर पालिकाका नगर प्रमुख तोयानाथ शर्मा रहनु भएको थियो । वहाँले भन्नु भयो “रानाथारु महिलाहरुको महान पर्व तिजको अवसरमा स्थानिय तहमा एक दिन विदा दिने व्यवस्था मिलाउछु ।”

सोहि कार्यक्रमका विशिष्ट अतिथी उपप्रमुख भुलिया राना रहनु भएको थियो । रानाथारु,थारु सामुदायका महिलाहरुका लागि कल्चर पहिरन सिलाई कटाइको लागि तालिमको व्यवस्था गर्ने र साथै निर्माधिन रानाथारु संग्रहलयको व्यवस्थापनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन उपप्रमुख राना ।

कार्यक्रममा वडा नं. १०का वडा अध्यक्ष सुकदेव राना , वडा नं. ८ का वडा अध्यक्ष सर्वन राना , वडा नं. ७ का वडा अध्यक्ष मुलचन्द राना , वडा नं. १ का वडा अध्यक्ष मोहन रानाले तिज पर्वको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख तोयानाथ शर्मालाई पाँच बुदे ज्ञापनपत्र बुझाउनु भएको थियो । ज्ञापनपत्रमा निम्न विषय समेटिएको थियो । १) नगर सभाले भलमन्सा ऐन बनाउनु पर्ने । २) स्थानिय तहमा पदपुर्ति गर्दा स्थानिय रानाथारुको जनसंख्या अनुसार पदपुर्ति गर्नुपर्ने । ३) संस्कृति संरक्षणका लागि निति तथा कार्यक्रममा बजेट विनियोजन गर्नु पर्ने । ४) महिलाहरुको महान पर्वको उपलक्ष्यमा स्थानिय तहमा एक दिन तिजको विदा दिनु पर्ने । ५) भलमन्सा तथा बेरोजगार युवा युवतीनहरुलाई क्षेमता अभिवृद्धि तालिम दिनुपर्ने ।

कार्यक्रमको स्वागत मनतव्य विश्राम रानाले गर्नु भएको थियो भने बधाई तथा धन्यवाद संस्थापक अध्यक्ष धोखे रानाले गर्नुभएको थियो । कार्यक्रम सचिब तिर्थराज रानाले संचालन गर्नु भएको थियो साेहि कार्यक्रममा नवनिर्वाचित जन प्रतिनिधि तथा भलमन्साहरुलाई सम्मान गरिएकाे थियाे ।