जेम्स राना /कञ्चनपुर १३ असार । कञ्चनपुरको बेलौरीमा आज नगर स्तरीय अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो। प्रतियोगिताको शिर्षक “भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा बिद्यार्थिको भुमिका” राखिएको थियो ।
माध्यमिक तहको नगर स्तरीय अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगीतामा श्री शिद्धार्थ बोर्डिङ्ग स्कुल बेलौरीका बिद्यार्थी पुष्पा भट्ट प्रथम हुदै १५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । भगवानपुर माध्यमिक बिद्यालय भुडाका बिकाश बिष्ट द्धितिय स्थान हासिल गर्दै १३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
लिटिल गार्डेन बोर्डिङ्ग स्कुल गोकलपुरका नेहा नेपाली तृतिय स्थान हासिल गर्दे १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै आधारभुत तहतर्फ श्री शिद्धार्थ बोर्डिङ्ग स्कुल बेलौरीका बिद्यार्थी भावना देउवा प्रथम हुदै १३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
वात्सल्य बिद्या निकेतन बेलौरी रिछहाका सान्तोना पोखरेल द्धितिय स्थान हासिल गर्दा ११ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लिटिल गार्डेन बोर्डिङ्ग स्कुल गोकलपुरका रोशनी खनाल तृतिय स्थान हासिल गर्दे नगद १० हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा बेलौरी नगरपालिकामा रहेका माध्यमिक तहका २२ र आधारभुत तहका २५ ओटा सामुदायिक तथा संस्थागत बिद्यालयहरुको सहभागिता रहेको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद बिकाश शाखामा कार्यरत प्राविधिक सहायक अमित प्रसाद भट्टले जानकारी दिनुभएको छ ।