कैलाली,१३,जेठ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले महिला र बालिकाहरुको सुरक्षा र अधिकार सुनिश्चिततामा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो छ । राज्यमन्त्री रैकाले महिला र बालिकाहरु माथि हुने हिँसाका घटनाका पिडकहरुलाई कडा कारबाही गरिने समेत बताउनु भयो । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय कैलालीको आयोजनामा बालिकाहरुलाई आत्मरक्षा सम्बन्धि ३ दिने तालिमको धनगढीमा समुद्घघाटन गर्नुहुदै राज्यमन्त्री रैकाले उक्त कुरा बताउनु भएको हो । उहाँले महिला,बालिका माथि हुने हिसाँ अन्त्यका लागि घर समाजबाट नै प्रभावकारी सचेतना शिक्षा हुन पनि अावश्यक रहेको बताउनु भयो जेठ १३ देखि १५ गते सम्म संचालन हुने उक्त तालिममा विभिन्न सरकारी एंव सामुदायिक बिद्यालयका १०० जना बालिकाहरुको सहभागीता रहेको अायोजकले जनाएको छ ।






