बेलौरी नगरपालिकाको मेयरमा माओवादीका र उपाध्यक्षमा एमाले निर्वाचित

२०७९ जेष्ठ ३, मंगलवार १५:३१
बेलौरी नगरपालिकाको मेयरमा माओवादीका र उपाध्यक्षमा एमाले निर्वाचित

जेम्स राना/कञ्चनपुर,३ जेठ । बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई १ हजार ९८४ ल मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन ।

चौधरीले ८ हजार ७८७ र बोहराले ६ हजार ८०३ मत ल्याएका थिए ।काँग्रसका हरेन्द्र विष्टले ६ हजार ३१३ मत ल्याएका छन । जनप्रिय र विकासप्रेमी नेता भएकाले पाँच बर्ष पछि चौधरीको लोकप्रियताले जनमत बृद्धि भएको स्थानीको भनाई छ । उप मेयरमा भने एमाले उम्मेदवार जोगराम चौधरी निर्वाचित भएका छन ।

चौधरीले माओवादीका मञ्जु शाहलाई ७ सय ४८ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भएका छन । चौधरीले ७ हजार ५८३ र शाहले ६ हजार ८३५ मत ल्याएकी छिन । काँग्रेसकी नेतृ खिना भण्डारीले ६ हजार ६१३मत ल्याएकी छिन । बेलौरीमा काँग्रेसले १, माओवादीले ४ र एमाले ५ वडा जितेको छ ।