कञ्चनपुर,१ जेठ ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा बेलडाँडी गाउँपालिका वडा न. ५ मा नेपाली कांग्रेसको सिंगो प्यानल बिजयी भएको छ ।समाजसेवी युवा नेता ईन्द्र बहादुर खड्काको प्यानल नै निर्वाचित भएको हो।
युवा नेता खडकाले नेकपा एमालेका उम्मेदवार भीम बहादुर खड्का लाई ३७४ मतान्तरले पछि पार्दै बिजयी भएका हुन।बेलडाँडी गाउँपालिका वडा नं.५ का आमजनताको वडाबासीको मनमुटुमा बस्न सफल खड्का वडाबासीले चाहेका व्यक्ति समेत हुन।
बेलडाँडी -५ मा दुई बुद केन्द्र बैजनाथ स्कुलमा ११ सय ३१ र गणेश माध्यामिक विद्यालय मोहनपुर भुर्षामा ६ सय ३७ गरि जम्मा १७ सय ६७ मत खसेको थियो।जसमा खसेको मतमा नेपाली कांग्रेसका खडकाले ९ सय ३७ र नेकपा एमालेका उम्मेदवार भीम बहादुर खडकाले ५६३ मत प्राप्त गरे। खसेको जम्मा मतमा २७ मत बदर भएका थिए।