बर्षाै देखी निष्ठाको राजनीति गर्दै , अवसर पाउँदा पनि लिएनन् व्यक्तिगत लाभ

२०७९ बैशाख २७, मंगलवार २१:५४
बर्षाै देखी निष्ठाको राजनीति गर्दै , अवसर पाउँदा पनि लिएनन् व्यक्तिगत लाभ

धनगढी,२७ बैशाख २०७९ , सुदुरपश्चिम प्रदेशकाे एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राणाबहादुर चन्द हुन । करिब ३० वर्षदेखि नेकपा एमालेको सक्रिय राजनीति गरेका चन्दले मेयरको टिकटका लागि खासै लबिङ गरेका थिएनन् तर स्थानीय स्तरका प्राय जसो सबै नेताहरुको जोडबलमा चन्दले टिकट पाए । र अहिले उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।४३ वर्षीय चन्द वि.स.२०३६ सालको ५ बैशाखमा बैतडीको साविक सलेना गाविसको बाकोट अहिलेको मेलौली नगरपालिका–३ मा सामान्य परिवारमा जन्मिएका हुन् ।

अध्ययनका क्रममा बैतडीबाट धनगढी झरेका उनले विद्यार्थीकालदेखि नै एमालेको राजनीति शुरु गरेका थिए ।मानवीकी संकायमा स्नातक तहसम्मको अध्ययन गरेका चन्दको राजनीतिक यात्रा धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट शुरु भएको हो ।चन्दको ३० वर्षे राजनीतिक यात्रा २०५० सालमा पञ्चोदयको विद्यालय कमिटी सदस्य भए । २०५२ सालमा कैलाली बहुुमुुखी क्याम्पसको प्रारम्भीक कमिटि सदस्य बनेका चन्द दुई वर्षमै २०५४ सालमा क्याम्पस कमिटिको अध्यक्ष बनेर काम गरे ।

अनेरास्ववियूकै राजनीतिमा जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सदस्यका रुपमा समेत काम गरेको अनुभव चन्दसँग छ ।२०५८ सालमा पार्टीको धनगढी नगर कमिटी सदस्य बनेका उनले उपसचिव र सचिवका रुपमा पनि काम गरे भने लगत्तै जिल्ला कमिटि सदस्य बनेका थिए । एमालेको सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटि सचिवमा विजयी भएर करीब सात वर्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाए ।माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाए ।

नेकपाकालमा पार्टीको केन्द्रीय सदस्य र जिल्ला कमिटी उपाध्यक्षका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ । तर गत पुसमा सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनमा भने चन्द अध्यक्षमा चार मतले पराजीत भएका थिए ।एमालेको ३० वर्षे राजनीतिमा निश्कलंक पात्रको छवि बनाएका उनले विभिन्न संघसंस्थामा आवद्ध भएर पनि काम गरिसकेका छन् । कैलालीको राजनीतिक वृत्तमा चन्दले सालिन, भद्र, इमानदार र निश्कलंकीत नेताको छवि बनाएका छन् ।

हालसम्म पनि कुनै लाभको पदमा नबसेका चन्द २०६३ देखि २०६८ सालसम्म तत्कालीन धनगढी नगरपालिकाको राजनीतिक संयन्त्रमा बसेर काम गरेका थिए । २०६८ सालपछि करीब दुई वर्ष पार्टीको तर्फबाट जिल्ला विकास समितिमा पनि राजनीतिक संयन्त्रमा बसेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, कैलाली जनपुस्तकालय, नवजीवन सहरकारी, नेत्र ज्योती संघ जस्ता दर्जन बढि संघसंस्थामा पनि काम गरेको अनुभव चन्दको छ । यी संघसंस्थामा काम गर्ने दौरानमा समेत उनी कहिल्यै पनि विवादमा आएनन् । चन्दले छिमेकी भारत र चिनको औपचारिक भ्रमण पनि गरिसकेका छन् ।स्वच्छ र इमानदार छवि भएकै कारण चन्दलाई नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयर पदमा टिकट दिएको नेताहरु बताउँछन् ।

अहिले नेकपा एमाले पार्टीभित्रको आन्तरिक एकता बलियो हुनु, धनगढीमै ३० वर्षे राजनीतिक विरासत हुुनुु, व्यक्तिगत मत राम्रो हुुनुु, उपमेयरकी उम्मेदवार कन्दकला रानाका कारण राना र थारु समुदायको मत तान्नु, क्षेत्रगत मतमा बलियो पक्कड हुुनुु जस्ता कुरा चन्दको अनुकुुल मानिएका छन् ।

उनले असफल भइसकेका र राजनीतिक धरातल नभएका उम्मेदवारको विकल्प आफू भएको भन्दै मत मागिरहेका छन् ।