कैलाली,२५ बैशाख २०७९ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) सोमबार कञ्चनपुर आउने भएका छन ।
जिल्लाको बेलौरी नगरपालिकामा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड कञ्चनपुर आउन लागेको हो नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला समन्वय समितिले जनाएको छ ।
बेलौरी खुलामञ्चमा हुने आमसभालाई सम्बोधन गर्न सोमबार दिउँसो ३ बजे प्रचण्ड आउन लागेको हो

यसै गरि नेपाल कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार कैलालीको धनगढीमा पुगिसकेका छन ,सोमबार धनगढीमा आयोजना हुने वृहत चुनावी सभा सम्बोधन गर्नका लागि धनगढी आएका हुन । सोमबार धनगढीको भेला सम्बोधन गरेर डडेल्धुरा जाने तलिका तय भएको छ भनेर जल्लिा समन्वय समितिले जनाएको छ ।