थारू समुदायकाे भलमन्सा प्रथालाई संरक्षण गर्न विशेष भत्ताकाे व्यवस्था गर्ने- राना

२०७९ बैशाख २१, बुधबार १४:४६
थारू समुदायकाे भलमन्सा प्रथालाई संरक्षण गर्न विशेष भत्ताकाे व्यवस्था गर्ने- राना

धनगढी, २१ बैशाख २०७९ । नेकपा एमालेका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख पदका उम्मेद्वार कन्दकला राना नगरको समृद्धि एमालेकै पालामा सम्भव रहेको बताएकी छन ।

धनगढी ८ मा वडा स्तरिय भेलालाई सम्बोधन गर्दै रानाले यस्तो बताएकी हुन । हामीले थारू तथा रानाथारू सामुदायकाे भलमन्सा प्रथालाइ संरक्षण तथा संबद्धन गर्नकालागि विशेष भत्ताकाे व्यवस्था गर्ने छाै । हामीले मुक्तकमैया , हलिया, दलित, पिछडिएका वर्गकाे उत्थानकाे लागि काम गर्ने बताई तपाईहरू एमालेलाई साथ दिनुहोस सदैव एमाले तपाईको साथमा रहनेछ ।

कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा चन्द र उपप्रमुखमा कन्दाकला राना चुनाबी मैदानमा छन् ।