नरेश राना/ कञ्चनपुर, ५ बैशाख २०७९ ।
कञ्चनपुरका चार पालिकामा एकसाथ माओवादी केन्द्र निकट वाईसियल नेपालका नगर स्तर कमिटिका सम्मेलन भएका छन । सोमबार बेलौरी, पुनर्वास, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाँउपालिकामा वाईसियल नेपालको सम्मेलन भएको हो ।
बाईसियल बेलौरी इन्चार्ज ओब्जङ्ग शाहले बेलौरीमा अर्जुन राना (मगर) को अध्यक्षतामा कार्य कार्य समिति चयन भएको बताए । पुनर्वासमा बीर ब. तामाङ्ग, लालझाडीमा बिर बहादुर चौधरी र शुक्लाफाँटा नगरपालिकामा प्रकास सार्कीको अध्यक्षतामा कमिटि चयन भएको छ ।
कार्यक्रममा एमाले, काँग्रेस, राप्रपा सहितका नेता कार्यकर्ता माअोवादीको वाईसियलमा समाहित भएका छन । उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य बिना मगर सहितका नेताहरुले युवाहरुलाई प्रवेस गराएका छन ।
बेलौरीमा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोग सदस्य यज्ञ प्रशाद कडेलको प्रमुख आथित्य, पुनर्वास लालझाडीमा माओवादी केन्द्रका नेतृ बिना मगर मगर सहितको प्रमुख आथित्यमा सम्मेलन भएका थिए ।
चारै पालिकामा नव गठित वाईसियलका नेताहरुले चुनाव केन्द्रीत खटिने र युवाहरुका मुद्दा उठान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । जिल्लाका बाँकी पालिकाहरुमा समेत सम्मेलनको तयारी भईरहेको वाईसियलले जनाएको छ ।










