दिनेश राना/धनगढी, १९ चैत ।

नेकपा (एमाले) वडा नं. ७ को सम्पर्क कार्यालको उदघाटन प्रदेश समिति सदस्य जीवन वम एक कार्यक्रमका बिच गरेका हुन । बैशाष ३० गते हुन गई रहेको स्थानिय तहको आसन्न निर्वाचनलाई लक्षित गरी पार्टी सम्पर्क कार्यालको स्थापना गरेको बताएको छ । कार्यक्रम वडा पार्टीका अध्यक्ष रतन खातीको सभापतित्वमा भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सदस्य तथा शिवनगर खानेपानीका अध्यक्ष राजेश कुमार खाती , धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी, आदिवा , प्रेम मोहरा , आदिवासी जनजाती महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष मोतिराम रानाथारु, पुर्व वडा अध्यक्ष कालीराम राना ले शुभकामना मनतव्य दिनुभएको थियो ।