शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञमा २४ लाख रकम संकलन

२०७८ चैत्र १९, शनिबार ०९:५७
शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञमा २४ लाख रकम संकलन

धनगढी,१९ चैत ।

कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित श्री शिव माध्यमिक विद्यालयको पाङ्ग्रणमा संचालन भएको श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ २०७८ समापन भएको छ ।

धार्मिक ज्ञान महायज्ञको समापन कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगर पालिकाका नगर प्रमुख नृप वहादुर वड रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथीमा नेपाली काँग्रेसका महासमिती सदस्य उद्घव विष्ट रहनु भएको थियो भने अर्का विशिष्ट अतिथी धनगढी वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना रहनु भएको थियो ।

त्यसै गरि समापन कार्यक्रममा वडा सदस्य यमुना भट्ट जोशी , महिला सृजना सामुदायिक वनकी पुर्व अध्यक्ष सरस्वती चन्द , फुलनफुला आमा समुहका अध्यक्ष अनिता रावल, विद्यालयका प्रअ नन्दलाल राना, नवज्योति कृषि सहकारी संस्थाका लेखापाल पृथ्वी रानाले महायज्ञ भव्य र सभ्य रुपमा सफल भएको शुभकामना व्यक्ति गरे ।

श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ २०७८ मा रु २४ लाख २३ हजार ७ सय ६९ बाराबारको नगद तथा रासन उठेको महायज्ञ मुल समितिका कोषाध्यक्ष जगन्नाथ रानाले जानकारी दिनुभयो । उक्त महायज्ञ २०७८ चैत ११ गते देखि चैत १८ गते सम्म संचालन भएको थियो ।