कञ्चनपुरमा होरि मिलन कार्यक्रम २०७८ सम्पन्न

२०७८ चैत्र ८, मंगलवार २२:२९
कञ्चनपुरमा होरि मिलन कार्यक्रम २०७८ सम्पन्न

दिनेश राना, कञ्चपुर, ८ चैत ।
नेपाल रानाथारु समाज कञ्चनपुर जिल्ला समितिको आयोजनमा होरि मिलन कार्यक्रम २०७८ सम्पन्न भएको छ । कार्यक्रम नव निर्वाचित जिल्ला अध्यक्ष प्रेमवती रानाको सभापतित्वाम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम राना रहनु भएको थियो । रानाथारुलाई ६०औ जातिको रुपमा सुचिकृत गरेको म नेपाल सरकार तथा सम्माननिय राष्ट्रपति प्रति अभार व्यक्त गर्न चाहन्छु । अव हामीले रानाथारुहरुको अारक्षणको व्यवस्थाको लागि राज्य संग माग राख्दै आएका छौ । सुदुरपश्चिम प्रदेशमा रानाथारु भाषालाई काम काजी भाषाको सुचि बाट हटाएको विरोधमा हामी अान्दोलन गर्न बाध्य भयौ । साथै रानाथारुको शैक्षिक र सामाजीक आवस्थालाई सुधार गर्नका लागि हामीले राज्य पक्ष संग पहल गर्दै आइरहेको बताए केन्द्रि अध्यक्ष राना ।


त्यसै गरि कार्यक्रका विशिष्ट अतिथि कृष्णपुर नगर पालिकाकी उपप्रमुख रमिता राना रहनु भएको थियो । वहाँले भन्नु भयो “हामी महिला कहाँ छौ र कमजोर पुरुष प्रधान समाजमले हामीलाई अवसर दिएको छैन । कञ्चपुर जिल्लाले महिला निडर नेतृको अगुवाइमा अध्यक्ष दिइका छन म कञ्चनपुर वासीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । रानाथारु जातिलाई सुचिकृत गराउनमा माननिय नारदमुनि रानाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएकोमा र रानाथारु समाजलाई यहाँ सम्म ल्याई पु¥याउने हाम्रा अग्रज नेता तथा समाज सेवीहरुलाई धन्यवाद नदिर हामी रहन सक्दैनौ । अव हामीले एकता बद्घ भएर रानाथारुको उत्थानको लागि र थप अधिकारको लागि लाग्नु पर्दछ” बताइन उपप्रमुख राना ।


कार्यक्रमको शुभकामना मन्तव्य दिनुहुने अतिथीहरुमा जिल्ला समन्वय समिती सदस्य लक्ष्मण राना, शुक्लाफाँटा नगर पालिका ४ का वडा अध्यक्ष ज्ञानेन्द्र विष्ट, वडा नं. ६ का वडा अध्यक्ष जगत राना, वडा नं. १२ का वडा अध्यक्ष वाले राना, बेदकोट नगर पालिका वडा नं. ६ का फट्टे राना, बेलौरी नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार राना ,

नेपाल रानाथारु समाज पुर्व केन्द्रिय अध्यक्ष पदम राना, केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र राना, नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लालबहादुर राना, कञ्चनपुर संघर्ष समिती अध्यक्ष सागर राना, रानाथारु उत्थान मञ्चका अध्यक्ष धोखे राना, असैना गाउका भलमन्सा मिट्ठु राना, डँगा जाइका सिताराम राना, कलुवापुरका जय सिह राना, सिसैयाका सिताराम राना, बाँडीका भजन राना, कसरौलका सालीक राम राना र बन्सहा गाउँका भंगा रानाले शुभकामना मन्तव्य दिनुभएको थियो ।


कार्यक्रममा महिला सशक्तिकरण एव जनजाती हस्त शिल्पकलाबाट राष्ट्रिय सम्मानमा भारतीय राष्ट्रिपति द्वारा सम्मानित आरती रानालाई सम्मान गरिएको थियो । कार्यक्रम विभिन्न गाउँको होरी नाचको प्रस्तुती रहेको थियो ।