मुक्त हलिया, कमैया,कमलरी महिलालाई आत्मनिर्भर बनाउन आवश्यक : पूर्व साँसद श्रीपाईली

२०७८ फाल्गुन २४, मंगलवार २१:३८
मुक्त हलिया, कमैया,कमलरी महिलालाई आत्मनिर्भर बनाउन आवश्यक : पूर्व साँसद श्रीपाईली

कञ्चनपुर,२४ फागुन ।

संविधानसभा सदस्य एंव हलिया कमैया कमलरी आन्दोलनका राष्टिय अगुवा हरि श्रीपाईलीले मुक्त हलिया, कमैया,कमलरी एंव सिमान्तकृत समुदायका महिलालाई आर्थिक एंव सामाजिक रुपमा सशक्तिकरण आवश्यक रहेको बताउनु भएको छ ।

मंगलबार कंचनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा मुक्त हलिया, कमैया,कमलरी एंव सिमान्तकृत समुदायका महिलाहरुको बृहत सहभागीतामा सामाजिक न्याय र लैगिक समानताःदिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ ११२ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व साँसद हरि श्रीपाईलीले मुक्त हलिया, कमैया,कमलरी एंव सिमान्तकृत समुदायका महिलालाई आर्थिक एंव सामाजिक रुपमा सशक्तिकरण गर्न आश्वक रहेको बताउनु भएको हो ।

। पूर्व साँसद हरि श्रीपाईलीले शिक्षा तथा आर्थिक रुपमा कमजोर भएकै कारणले पनि मुक्त हलिया, कमैया,कमलरी एंव सिमान्तकृत समुदायका महिलाहरु जातीय विभेद,घरेलु हिंसा लगायत विभिन्न समस्याबाट पीडित हुनु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो ,–‘ महिलाहरु अझै पनि शिक्षा तथा आर्थिक रुपमा कमजोर रहेका छन् ।

जसले गर्दा उनीहरु घरेलु हिंसा लगायत विभिन्न समस्याबाट पीडित हुनु पर्ने बाध्यता रहेको छ ।’ महिलालाई आर्थिक एंव सामाजिक रुपमा आत्मनिर्भर र सचेत बनाउन प्रदेश एंव स्थानिय सरकारले सीपमूलक तथा क्षमता विकासका तालिम र विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल वहादुर ऐर,नेपाल राष्टिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र विक,अधिकारकर्मी भागीराम चौधरी,कमला ऐर लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शुक्लाफाँटा नगरपालिकाको कार्यालय र मुक्त हलिया, कमैया,कमलरी अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुका सहकार्यमा आयोजना गरिएको थियो ।