लालझाडीमा कृषियन्त्र तथा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न

२०७८ फाल्गुन १०, मंगलवार २१:३४
लालझाडीमा कृषियन्त्र तथा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न

दिनेश राना/ लालझाडी, १० फागुन

कञ्चनपुरकाे लालझाडी गाउपालिकामा कृषकहरूलाई कृषियन्त्र तथा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुर द्वारा सञ्चालित कार्यक्रम अन्तगत आज कृषकहरूलाईकृषियन्त्र तथा उपकरण हस्तान्तरण गरिएकाे हाे ।

मुख्यमन्त्री नमुना कृषि गाउ खाद्यान्न कृषक समन्वय समितिका संयाेजक नरेश रानाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे । कृषियन्त्र तथा उपकरण हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउपालिका अध्यक्ष मदनसेन वडायक रहनु भएकाे थियाे भने बिशिष्ट अथिति वाड नं. ४ का वडा अध्यक्ष बहादुर राना र कृषि ज्ञान केन्द्र प्रमुख दिल बहादुर बिस्ट रहनु भएकाे थियाे । कार्यक्रमकाे स्वागत मंतब्य समितिका सदस्य सुनीता रानाले गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे सार्बजनिक सुनुवाई समितीका संयाेजक नरेश रानाले गर्नु भएकाे थियाे । वहाँले ३५ लाख १५ हजार ५सय रुपैया बराबर को समान हस्तांतरण गरेकाे बताए । इन्जन १८ थान पावर टिलर ४ थान, मिनी टिलर ३ थान, सिचाई मोटर १४थान, सप्रे टंकी १८ थान, र २२ क्विंटल धानकाे बिउ कृषकहरूलाई उपलब्ध गराएकाे बताए संयाेजक रानाले ।