दिनेश राना/ धनगढी,१८ मंसिर ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित नव ज्योति कृषि सहकारी संस्था लिको १३ औ बार्षिक सधारण सभा शनिवारको दिन सम्पन्न भएको हो ।
कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष तथा संस्थाका अध्यक्ष सिताराम रानाको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो । वहाँले भन्नु भयाे याे सहकारी जस्तै अरू सहकारीहरूले पनि प्रगति गरोस । नव ज्याेति कृषि सहकारी संस्थाले धनगढी उपमहानगर पालिकाकाे नभइ कैलाली जिल्लाकाे सहकारी संस्थाहरू मध्ये अग्रेणी भुमिका खेलेकाे बताए ।

कार्यक्रमका विशिष्ट अतिथी संविधान सभा सदस्य तथा सल्लहकार प्यारेलाल राना र सुदुरपश्चिम प्रदेश सदस्य मालामति राना रहनु भएको थियो । अतिथीहरुमा वडा नं. १७ का वडा अध्यक्ष माधव राज राना, देवहरिया सामुदायिका वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद राना,वडा नं. ७ की वडा सदस्य यमुना भट्ट( जोशी) रहनु भएको थियो ।

कार्यंक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मेघनाथ रानाले गर्नुभएको थियो । आ.ब. २०७७।०७८को आयाव्याय लेखा संयोजक भिम बहादुर पडालले गर्नु भएको थियो । वहाँले रु १४ करोड ६५ लाख ११ हजार ६ सया नौ बरावरको आयव्याय प्रस्तुत गर्नु भएको थियो भन कार्यक्रमको संचालन सचिब भिराराम रानाले गर्नु भएको थियो ।
कार्यक्रममा पुराना समितिका पदध्यकारीहरुलाई सम्मान तथा मायाको चिनो प्रर्दान गर्नु भएको थियो ।







