धनगढी,२५ कातिक । दलित महिला अधिकार मंच नेपालको आयोजनामा समुदाय स्तरको संस्था तथा संचारकर्मीसंग मानव अधिकार र महिलाको न्यायमा पहुच सम्बन्धि १ दिने अनुभव अदान प्रदान कार्यक्रम कैलारी गाउँपालिकाको हरिनगरमा सम्पन्न भएको छ ।

युएन ओमनको सहयोगमा ल्याक नेपाल, दलित महिला अधिकार मंच,गाउँ विकाश समिति केन्द्र, सम विकास केन्द्र (इडीसी)नेपालको संयुक्त आयोजनामा महिलाको न्यायमा पहुच परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा महिलाको न्याय र पहुँचको सवालमा अधिवक्ता पुष्प बिक्रम बिक्रम शाहीले सहजीकरण गरेका थिए भने कार्यक्रम संचालन दलित महिला अधिकार मंचका कार्यक्रम संयोजक रोहित बिकले गरेका गर्नुभएको थियो ।

कार्यक्रममा न्यायको सवालमा अधिवक्ता शाहीले महिलाहरुलाई कुनै पनि कानुनी समस्या भएमा सो समस्या समाधानका लागि कानुनी आवस्यक कागजातहरु बनाएर न्यायका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । आफ्नो छरछिमेकिमा कसैको कुनै कानुनी कागजात नबनेको खण्डमा किन बनेन ?

आवस्यक सरसल्लाह दिने, आवस्यक परेमा उसको पक्षमा बोलिदिने गर्नुपर्छ, समाजमा रहेका छुवाछुत, बोक्सी प्रथा जस्ता विकृति विसंगति विरुद्ध आवाज उठाउने, सरकारी बजेटको सदुपयोग जस्ता कुरामा सचेत हुन जनचेतना बृद्धि गरि असल र सचेत नागरिकको कर्तब्य पुरा गर्नु पर्ने कुरामा जोड दिनु भयो।

कार्यक्रममा नमुना महिला समुहका सोभा बिकले कैलालरी गाउँपालिकामा महिलाको न्यायमा पहुँच परियोजना संचालन भएपछि महिलाहरु निर्धक्क भइ आफ्नो कुरा राख्न सक्ने सक्षम हुनुका साथै सरकारी बजेट सदुपयोग भए नभएको साथै लक्षित बर्गलाई बजेट बनाउदा छुटेमा पहल गर्न सक्ने सक्षम भएको बताउनु भयो । कार्यक्रममा दलित महिला अधिकार मंच नेपालका कार्यक्रम संयोजक रोहित बिकले महिलाको न्यायमा सम्मानजनक पहुँचका लागि परियोजना मार्फत विभिन्न अधिकारमूखि र न्याययिक सचेतनामूलक कार्यक्रमहरु संचालनमा रहेको जानकारी दिनुभयो ।