लेखक : खग्रेन्द्र थापा
बाजुरा जिल्ला नेपालको ७७ जिल्ला मध्यको एक हिमाली जिल्ला हो । यो सुदुरपश्चिम प्रदेशमा पर्दछ । यसको नामकरण बाजुरा जिल्लाको सदरमुकाम नजिकै बग्ने बार्जुगाड खोला र राजा अभय मल्लको ताम्रपत्रमा उल्लेखित बार्जु भन्ने ठाउंको नामबाट बाजुरा नामाकरणा भएको भनाई छ ।यो सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्यको एक जिल्ला हो ।
यस जिल्लाको पुर्वमा कालिकोट ,पश्चिममा बझाङ, उत्तरमा जुम्ला र दक्षिणमा अछाम जिल्ला रहेकोछ ।यस जिल्लाको जनसंख्या १३४९१२ छ भने यसको क्षेत्रफल २१८८वर्ग कि.मी.रहेको छ । यस जिल्लामा साविकका २७ वटा स्थानिय तह थिए भने हाल ४ नगरपालिका र ५ गाउंपालिका गरी ९वटा स्थानिय तहमा नगरपालिकामा ३८ वडा र गाउपालिकामा ३१ वडा छन् ।
यस जिल्लामा १ निर्वाचन क्षेत्र २ प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । धार्मिक ,सास्कृतिक,ऐतिहासिक,तथा पुरात्वहरु रहन सहन भेष भुषा बोली चाली खान पिन लवाइ खवाई आफ्नै किसिमको रहेको पाइन्छ ।
यहांका ठाउं अनुसार पाइने वस्तुहरु साप्पाटाको मह , विच्छाको जडीबुटी ,जुगाडाको पुलम, मानाकोट र दहकोटको बोल्या,पाण्डुसैन र जुकोटको स्याउ,आटीचौर र डोगडीको डोको ,डालो, नाङलो, डोरी , भकारी , आलु , चोतो, मास्र्या र उखुको खुदो, बज्याडीका घाणा,बाह्रविसका गणीया,निगाला र बांसका कांइया पाइने वस्तु हुन ।
यहाका उत्पादन कपडाहरु लिउ,फेरे, राडी पाखी, बोल्या रहेका छन्
सांस्कृतिमा डेउडा,फागु, मागल,सगुन,पड्छो,हुड्केली,भुवा,अनन्त्या,चैतोलो,
बलानाच,धामीनाच,हेरी,(होली) लौणीतनाई ,कुलोसोराई ,मैझाडो पर्दछन् भने खान पिनमा ,कोदोरोटी,मास्र्याकोराटी,चिनाको भात, सिस्नाको साग, पांगर र घगारुलाई पनि अन्नको रुपमा ुखाने गरिन्छ ।साथै कांही कतै झमरो र कागुनाको भात खाने चलन पनि पाइन्छ ।
बाजाहरुकमा झ्याली, टाम्को, दमाह,नरसिहं, सनाई, हुन् भने यहांका पहिरहन तथा गहनाहरु टोपी, पगडी ,भोटो,पागणो, गादो, बर्काे, वण्डी,गुन्यू,चोलो,बच्छो, जगेलो, बोल्याकोगादो, बाला, फुली, बाई, किलिप, कांटा, चेपाउ, कल्ली,बाली,नथन,खन्टो,चाप्की,दैपोत्या र पहेलो पोतेको झाउरो आदि यहाका पहिरहन हुन् । कतै कतै छालाका पौला (जुता) र छालाका पाना (चप्पल) लगाउने चलन पनि रहेको छ ।
साथै यहाका धार्मिक तथा पर्यटकीयक्षेत्रहरु बडीमालिका,बुडीनन्दा,नाटेश्वरी,तलीगोटी,खप्तड, छेडेदह, मौरे, बार्जुकोट ,कुणीकोट,बुढीगंगा नदी,पाण्डपगुफा,त्रिवीणी,गौमुल, जगनाथ,ठाकुरजी,जिउलेक,गललेकको मुष्टो,सुनन्दा देवी,स्वामीकार्तिक,जालपा देवी,कीम्नी छडो,मनाकोटको गुफा र फलाम खानी आदि हुन् ।
मुख्य पर्वहरु बार्जुको दशै, ताप्राको भुव, जुगाडाको गौरा ,आटीचौर र तोलीको अनन्त्या ,ताप्रा र तोलीको चैतोलो र बडीमालिका पर्वको पुजालाई मुख्य मान्न सकिन्छ । कर्णाली,सेती नदीका प्रवाहभित्र बुढीगंगा,बुढीनन्दा वगेकी छन्। बाजुराको बडीमालिका क्षेत्र प्राचिन खसराज्यको राजधानी हो भनाई छ । , शिव पार्वतीको क्रिडास्थल नामधारा देवीको निवास यो थली देवभुमि हो ।जहा तेत्तिसकाटी देउताहरुको वासस्थान बडीमालिका यसै जिल्लामा रहेको छ ।
तल्कोटकी महारानी मल्कोट कालिका,
क्या राम्रो बाजुरा जिल्ला उसैमा मालिका ।
कला सास्कृतिको धनी बाजुरा जिल्ला हो,
कोद्या रोटी ,चिना भात खान या पाइने हो ।
यी माथि कुराहरु हाम्रा पाउनाहरुले रुचाएर खाने छन् लगाउने छन् देख्ने छन् रमाउने छन् हाम्रो पहिचान हुनेछ हाम्रा पाउनाहरुको आवत जावत बढ्नेछ बाजुरा जिल्ला पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढ्नेछ । यहाका मानिसहरुको मान सम्मान इजत सभ्य समाजमा परिणत हुनेछ । यहाका अपरिचत बस्तुहरु संसारका सबै ठाउंमा परिचित हुनेछन् । यसले गर्दा बाजुरा जिल्लाको नाम सबै ठाउंमा परिचित हुने कुरामा दुईत छैन ।
समाप्त
धनगढी , ७ देवहरिया गाउँ ।