धनगढी । धनगढी उपमहानगरपालिका–१४, फूलवारीस्थित बिगाउँमा आगलागी हुँदा एक स्थानीय कृषकको ठूलो क्षति भएको छ । स्थानीय डम्मरराज ओझाको खेतमा थ्रेसिङका लागि थुपारेर राखिएको करिब १० कट्ठा गहुँबालीमा आगलागी हुँदा सम्पूर्ण बाली जलेर नष्ट भएको हो ।
स्थानीयका अनुसार बालबालिकाले खेल्ने क्रममा सलाई प्रयोग गर्दा आगो लागेको आशंका गरिएको छ । आगलागीपछि स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण ओझा परिवारले वर्षभरिका लागि तयारी गरेर राखेको गहुँबाली पूर्ण रूपमा नष्ट भएको छ। यससँगै परिवारमा खाद्य संकट निम्तिने चिन्ता बढेको स्थानीयले बताएका छन् ।
घटनाबारे जानकारी दिँदै स्थानीय कामदेव ओझाले पीडित परिवारलाई राहत तथा सहयोग आवश्यक रहेको बताए ।






