जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ५औँ कञ्चनपुर सम्मेलन भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च सहितका जिल्लाका पालिका एव गैसस संघ संस्थाहरुको सहकार्यमा शुक्रबार जिल्ला सम्मेलन भएको हो ।

यस अघि पहिलो भीमदत्त, दोस्रो पुनर्वास, तेस्रो दोधाराचाँदनी, चौथो लालझाडी गाँउपालिका भएको थियो । यस पटक जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा सम्मेलन गर्न सफल भएको बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बताए । मेयर चौधरीले जिल्लाका सबै पालिका, विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत सरकारी एव गैर सरकारी संघ संस्थाहरुको उपस्थितिमा सम्मेलन गरिएको बताए ।

यस अघिका चारै सम्मेलनबाट अबलम्बन गरिएका विषयदेखि भावि दिनमा थप जिल्लालाई विपद्मुक्त गराउने विषयमा स्थानीयदेखि विज्ञ सहित सरोकारवालाहरुविच छलफल भएको बताए ।नगरपालिकाले कार्यक्रम पुर्व नै विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको र भावि दिनमा पनि गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

बेलौरी नगरपालिकाले विपद् व्यवस्थापन, पुर्व तयारीदेखिका आवश्यक सबै कामकाज गरेर नगरमा थुप्रै काम गरेको बताए । कार्यक्रममा सरोकारवालाहरुले जिल्लाको दीगो विकासका लागि विपद् व्यवस्थापन गर्नुपर्ने त्यसका लागि पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन । कार्यक्रम बारे प्रकास पार्दै एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक कुमार जैरुले स्थानीय सरकारसंग सहकार्य, समन्वय गरेर विपद् व्यवस्थापनदेखि विपद्बाट मानवियदेखि भौतिक धनजन सरक्षण गर्न सफल भएको बताए ।

उनले विपद् व्यवस्थापनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए । बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले जिल्लाका ९वटै पालिकाले विपद् व्यवस्थापन नीति, नियम, यसका चुनौती, समाधानका लागि एकसाथ सहकार्य प्रभावकारी कामकाजमा जोडदिएका छन ।

उनले कञ्चनपुरका स्थानीय सरकारले विपद् व्यवस्थापन, पुर्व तयारीका लागि गरेका कार्यक्रम प्रभावकारी बनाउन थप पहल प्रयास आवश्यक रहेको औल्याउँदै बेलौरीले सो कार्यमा निरन्तर खटिएको बताए । आगामी ६औँ जिल्ला सम्मेलनको आयोजकत्व घोषणा गर्दै बेदकोट नगरका मेयर भोजराज बोहराले सामुहिक प्रयासबाट विपद् जोखिम न्यूनिकरणदेखिका मानविय, भौतिक धनजन सरक्षण गर्न सकिने बताए । जल तथा मौषम विज्ञान विभाग अत्तरियका प्रमुख सञ्जय शाहले पुर्व सुचना प्रणाली प्रभावकारी बनाउनका लागि कार्यालयले थप प्रयास अघि बढाएको बताए ।

महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरादेखि थप नदीहरुमा विपद् पुर्व तयारी सुचना प्रणाली जडान गर्दै विपद्बाट थप क्षति न्यूनिकरण गर्न टेवा पुग्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा जिल्लाका पालिका सरकार सक्षम भएकाले सकृय हुनुपर्नेमा जोडदिएका छन ।

प्रजिअ ढकालले विपद् न्यूनिकरण गर्दै जिल्लामा विकास निर्माणदेखिका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गादत्त बोहराले विपद् आउनुपुर्व नै सुचना प्रणाली प्रभावकारी बनाएर जिल्लामा विकास निर्माण सुरक्षा आवश्यक रहेको बताए । जिसस प्रमुख बोहराले विपद् आएपपि राहत उद्दारका कार्यक्रम संचालन गर्नु अघि नै पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाएर सुरक्षाका कार्यक्रममा जोडदिएका छन । गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्यले पुर्व सुचना प्रणालीलाई समुदाय स्तरसम्मै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले समुदायमै पुर्व सुचना प्रणाली अभ्यासमै आउँदा सम्भावित जोखिम न्यूनिकरण हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सदस्य दिवान सिह विष्टले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नपर्ने बताए ।

उनले जिल्लामान वाढी, कटानी मात्रै नभई पछिल्ला दिनहरुमा बन्यजन्तुले समेत आतङ्क बढिरहेका बेला त्यसतर्फपनि न्यूनिकरणका लागि योजना कार्यक्रममा जोडदिएका छन । कार्यक्रममा जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको थियो।