कैलाली: धनगढी उपमहानगरपालिका–१४ का ३४ वर्षीय धन बहादुर तामाङलाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो। बालिकाले तामाङले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।